समाचार

लागु औषध कारोबार गर्ने एक जना पक्राउ



काठमाडौँ, १७ फागुन । सेफ्टी  ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ढलको फोहोर सफाइमा प्रयोग  गर्ने ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि  ४७५ बोतल लागुऔषध फेला परेको हो । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो । 

मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।