अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २८ फागुन । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख २६ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।