अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला एक लाख २५ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।