अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २ चैत । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।