अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २४ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।