ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा आगालागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मङ्गलबार मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।
दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्