काठमाडौँ, १० चैत । होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।
विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन् । उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ ।
त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने भएको छ । त्यस्तै उपत्यकाकामा ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्