समाचार

बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु   



काठमाडौँ, ११ चैत । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा१ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा७प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको हो ।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।