काठमाडौँ, ११ चैत । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि बिगत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् ।
प्रहरीले घाइतेको सबै उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए । दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् ।
बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । दुर्घटना लगतै सबैलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई थिए ।
प्रतिक्रिया दिनुहोस्