उदयपुर, १२ चैत । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो होली खेलेर नुहाउन नदीमा जाँदा त्रियुगा –१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर बेपत्ता भएका हुन ।
उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।
सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्