राजनीति

बनेपाको खानेपानी समस्या समाधान हुन्छ: मन्त्री राई



काभ्रे, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्रका खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

बनेपा नगरपालिकाले आज काभ्रेपलाञ्चोक आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको बताए । लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताए । नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उनको भनाइ छ ।

“यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ”, मन्त्री राईले भने, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।”