काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको हो ।
शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्