समाचार

कास्कीमा बस दुर्घटना



पोखरा, १७ चैत । कास्कीमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको बताइएको छ । लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् । दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।