राजनीति

कांग्रेसको नेतृत्वमा केही महिनाभित्रै नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोइराला



काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा केही महिनाभित्रै नयाँ सत्ता गठबन्धन बन्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने बताए । उनले भने, “…फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौँ,” “हामी कोसिस गरिराखेका हुन्छौँ सत्तामा जानका लागि । त्यो स्वाभाविक हो ।”

उनले गठबन्धन बन्ने र भत्कने विषयले देश नबन्ने बताए । यसलाई रोक्न निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत उनले गरे । “यसरी देश अगाडि बढन सक्दैन,” उनले भने, “हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ ।”