समाचार

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला



काठमाडौँ, १७ चैत । बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ ।

निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको छ । निकुञ्जभित्र अहिले वनपथ चालु अवस्थामा रहेको छ ।

निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ पुगेको छ ।