समाचार

ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौँ, १८ चैत । काठमाडौँको कपनमा ट्याक्सि चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय राजु गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुले चैत १३ मा कपन दुर्गा मन्दिर नजिक बा.२ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेका हुन् । ट्याक्सी चालकसँग भएको मोबाइल, नगद १८ हजार र ब्लूबुक र ल्यापटप उनीहरुले लुटेर भागको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीहरूलाई बसुन्धाराबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।