राजनीति

सङ्गठित पार्टी सदस्यताको अभिलेख पठाउन जसपाको परिपत्र



काठमाडौँ, १९ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र  नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ ।

पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत समितिलाई सर्कुलर गरेको हो । चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र जिल्ला समितिले ढिलाई गरेको भन्दै यथाशीघ्र अभिलेख पठाउन भनेको हो । अन्यथा आगामी महाधिवेशन प्रक्रियामा सामेल हुन बाधा पर्न जाने व्यहोरा समेत जानकारी गराएको छ ।