राजनीति

रेशम चौधरीले आफ्नै पार्टीका चारजनाको हत्या गर्ने धम्की दिएको आरोप



काठमाडौँ, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकार ढले चारजनाको हत्या गर्ने धम्की दिएको आरोप लगाइएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले चौधरीले आफूसहित चारजनाको हत्या गर्ने धम्की दिनुभएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रेशम पक्षधरले कुटपिट गरेपछि पत्रकार सम्मेलन गर्दै विश्वकर्माले आफ्नो हत्या हुन सक्ने धम्की आएरले सुरक्षाको माग समेत गरेका छन्  ।

उनले भने, ‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौं। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ । हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो । असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ ।

उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने धम्की दिएको पनि बताए ।