काठमाडौँ, २० चैत । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ ।
इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो ।
संवाहिका समाज नेपाल नामको संस्थाले काठमाडौँमा हिजो आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा किशोर किशोरीहरुले आफूले भोगेका साइबर हिंसाका अनुभव सुनाएका हुन् । हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताइएको छ ।
कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोर किशोरीलाई सचेत गराए । सकेसम्म कसैले पठाएका अनलाइन लिङ्कहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन उनको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्