समाचार

घरभित्रै दम्पती मृत अवस्थामा फेला



काठमाडौँ, २० चैत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।

उनका अनुसार घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिएको छ । घटनास्थल रगताम्मे छ । प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको बताइएको छ ।