काठमाडौँ, २२ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ३४ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्