Banner News

गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि



काठमाडौ २५ चैत । नेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि हात पारेको छ ।

१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५र१५ रन बनाए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

करण केसी र कुशल मल्लले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेलेका थिए ।