अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।