समाचार

लागु औषधसहित दुई जना पक्राउ



झापा, २८ चैत । झापामा अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-३ सैनिक मोड बस्ने २५ वर्षीय अनिल कुमार राजवंशी र कन्काई नगरपालिका-९ बस्ने २६ वर्षीय ललित कुमार राजवंशीलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।