समाचार

फेरि भूकम्पको धक्का



काठमाडौँ, ३० चैत । बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३:१६ बजे बाजुराको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

यसअघि आज बिहान बाजुराकै बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।