काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेको भन्दै छानबिन गर्न प्रतिपक्षले उठाएको माग सम्बोधन गर्नुको साटो बेवास्था गरी सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले संसद्मा आफूहरूले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएको र सत्तापक्षकै कतिपय सांसदहरूले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको बताए । जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना र ठगी भएको जनविरोधी कार्यमा सरकारका मन्त्री संलग्न रहेको पुष्टि स्वयं सरकारले नै गरेको समेत उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्