काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताएकी छिन् ।
आज उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा डङ्गोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्याउनुपर्ने तथा कानुनी रूपमा ऐन समय सान्दर्भिक बनाउनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘नीतिगत रूपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौँ । यो ऐन हामीले अब संशोधन गर्नुपर्छ । अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन ।’
प्रतिक्रिया दिनुहोस्