राजनीति

अब मलाई प्रधानमन्त्रीको रूची छैन : अध्यक्ष ओली



काठमाडौँ, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुची नभएको बताएका छन् ।

आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश ओरालो लागिरहेको बेलामा प्रधानमन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने बताए ।

उनले भने, ‘नयाँ समीकरणमा प्रधानमन्त्रीको कुरा चलेको छ, त्यसबेलै मैले प्रधानमन्त्रीमा आफ्नो रुची नभएको अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन, प्रधानमन्त्रीको पद धेरै महत्वपूर्ण पनि हो । त्यसैभित्रबाट नेतृत्व गरिन्छ ।’ तर, यतिबेला देश ओरालो लागिरहेको छ हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने प्रधानमन्त्री नभएरै पनि ओरालो लाग्ने क्रमलाई रोक्ने बाटोतिर जाँदैनौं भने राम्रो हुँदैन ।’

नेकपा एसले दक्षिणपन्थी अवसरवादलाई नांगो ढंगले प्रस्तुत गरेको आरोप लगाए । उनले भने, ‘नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निशुल्क सेवा पनि नाउपाको गर्नसक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो। नेकपा एसमा अराजनीतिक निर्णय गर्यो। जुन सही दिनमा राजनीति फर्किँदै थियो ।’