काठमाडौँ, ३ बैशाख । एसीसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट ११५ रनको लक्ष्य पाएको छ ।
आज ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको हो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित ओभर २० बाट १८ ओभरमा घटाइएको छ ।
आजको खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ । उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया दिनुहोस्