समाचार

ठगी गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौँ, ९ वैशाख । ललितपुरबाट यातायातको कर्मचारी हुँ भनेर ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियारलाई पक्राउ गरेको हो  ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट गाडीको लाइसेन्स बनाइदिन्छु भनेर उनले रकम असुल्ने गरेको र आरोपी विरुद्ध ५ जनाले सामूहिक जाहेरी दिएका छन् । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भनेर आरोपीले १० हजार देखी २५ हजार सम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।