समाचार

१६ जना प्रहरीको नाममा ७ दिने सूचना



काठमाडौँ, १० वैशाख । प्रहरी प्रधान कार्यालयले १६ प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ ।

विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको भन्दै सूचना निकालिएको कार्यालयले जनाएको छ ।