काठमाडौँ, २१ वैशाख । एमालेका नेता पार्वत गुरुङले पुरानो गठबन्धनले देश बर्बाद बनाएको आरोप लगाएका छन् ।
आज पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा बोल्दै उनले पुरानै गठबन्धनले जस्तो नयाँ गठबन्धनले काम गरे जनताले नसहने बताए । एमालेले देश र जनताको समृद्धिका लागि मिसन ८४ अभियान चलाएको उनले जिकिर गरे ।
उनले भने, ‘पुरानो गठबन्धनले देश बर्बाद बनायो । नयाँ गठबन्धनले पुरानै गठबन्धनको जस्तो काम गरे जनताले सहँदैनन्’, ।
एमालेले गठबन्धन बनाउन मात्र सीमित नहोस्, देशले सही दिशा र समृद्धिको बाटोमा लागोस् भनेर एमालेले मिसन ८४ चलाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्