काठमाडौँ, २१ वैशाख । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको बताएकी छिन् ।
आज काठमाडौँमा विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुन मस्याैदा बनाउन काम भइरहेको जिकिर गरिन् ।
उनले भनिन्, ‘सरोकारवाला र जनताका सुझाव समेत लिएर कानुन निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको छ । मिडिया काउन्सिल विधेयक संसद्मा पेस गरिएको छ । आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुनेछ’, ‘त्यस्तै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको विधेयक चाँडै मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । प्रक्रिया पुरा गर्न अर्थ, कानुन लगायत सहमतिका लागि लागिएकाले केही लामो भएको हो ।’
प्रतिक्रिया दिनुहोस्