काठमाडौँ, २१ वैशाख । काठमाडौँ महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ ।
महानगरले शुक्रबार एक सूचनामार्फत निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुन आवेदनका लागि आह्वान गरेको छ ।
महानगरको सामाजिक विकास विभागको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो ।
तयारी कक्षामा काठमाडौं महानगरवासी मात्र सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्