काठमाडौँ, २९ वैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको । जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्