समाचार

आठजना जुवाडे पक्राउ



काठमाडौँ, २९ वैशाख । तनहुँमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार व्यास नगरपालिका–३, अनशन चौतारीका ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मल्लसहित आठजना छन् । ६८ हजार ८१८ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो । साथै, मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको ‘हर्नेट’ राइफल एकथान, म्याग्जिन एकथान र गोली एक राउन्ड फेला पारी बरामद गरिएको प्रहरीले जनाएको