काठमाडौँ, २९ वैशाख । दुई किलो पाँच ग्राम चाँदीसहित झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर एयरपोर्टबाट एक महिला पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार भारतको उत्तराखण्डस्थित देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई शुक्रबार (हिजो) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी बुद्ध एयरको उडानमार्फत काठमाडौँ आउन लागेकी थिइन् । जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्