समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २९ वैशाख । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको हो ।  ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । 

घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।