समाचार

मोटरसाइकलमा दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, २९ वैशाख । धनुषाकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति मिथिला नगरपालिका-६ वायर फ्याक्ट्री नजिक सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज.१० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय रमित सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ३ जना ढल्केवर अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएका छन् । उपचार पश्चात् डिस्चार्ज भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।