समाचार

काठमाडौँमा युवकको हत्या आरोपमा ४ जना पक्राउ



काठमाडौँ, ३० वैशाख । काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार धिमालको बीच बाटोमै हत्या भएको हो । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको छ ।

हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।