राजनीति

सभामुख र प्रधानमन्त्रीबीच छलफल



काठमाडौँ, ३१ वैशाख । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गरेका छन् । 

आज बिहान सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबिच नीति तथा कार्यक्रमबारे कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

त्यसक्रममा राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको बताइएको छ ।  सभामुखसँगको कुराकानीमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिँदै सत्ता घटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आजै साँझसम्म निष्कर्षमा पुगिने बताएका जनाएका छन् । त्यसक्रममा प्रधानमन्त्रीले आफू चितवनबाट फर्के लगत्तै संवाद सुरु गर्ने पनि बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन् ।