राजनीति

कांग्रेसले सार्‍यो संसदीय दलको बैठक



काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ ।

कांग्रेसले आज दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ । 

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।  आइतबार बिहानको भेटमा संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए ।