समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, ३१ वैशाख । कञ्चनपुरको भिमदत्त नगरपालिका-५ बनखेतस्थित शंकर दत्त भट्टको हाइवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भट्टसमेत ६ जनालाई गएराति पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई  नगद ६१ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।