काठमाडौँ, ३१ वैशाख । ललितपुरको नख्खु दोबाटोमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
ललितपुर प्रहरीका अनुसार आज दिउँसो साढे १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १-०२-०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट राइड सेयरिङ एपका चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सबिता थापा घाइते भएका थिए । उनीहरू दुबै जनालाई अल्का अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा सबिता थापाको मृत्यु भएको हो ।
प्रहरीले बलका चालकलाई नियन्त्रणमा लिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्