राजनीति

बाह्य हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउन एमाले बलियो शक्ति बन्न आवश्यक : पोखरेल



काठमाडौँ, १ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय युवा सङ्घ नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल बाह्य हस्तक्षेपको सिकार भइरहेको र बाह्य शक्तिको हेपाइबाट जोगिन पनि एमाले बलियो शक्तिको रूपमा उदाउन जरुरी रहेको बताए । 

वरिष्ठ उपाध्यक्ष मुलुकलाई बाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको बेला काम गरेको समेत स्मरण गराए ।  उनले कहिल्यै पराधीन नभएको मुलुकको राष्ट्रिय स्वाधीनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको सो अभियान चलाएको पनि स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।