समाचार

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ, १ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ ।

न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखे ।