समाचार

जगदम्बा स्टिलमा कार्यरत मजदुरको मृत्यु



काठमाडौँ, २ जेठ । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा ज्यान गएको हो । 

करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ । चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको वीरगन्ज एल.एल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु जनाइएको छ । 

मृतकका भतिज श्रीराम चौधरीले ब्रेन ह्याम्रेर्जका कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको बताएका छन् । चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको छ ।