समाचार

जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु



चितवन, ३ जेठ । जङ्गली जनावरको आक्रमणबाट साउनयता ७ जनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट ३, बाघको आक्रमणबाट ३ र मगर गोहीको आक्रमण एक जनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् । जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए । त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनले बताए ।