काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न कांग्रेसले रोक नलगाएको बताएका छन् ।
कांग्रेस नेताहरूको छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भने, ‘हामी गृहमन्त्रीलाई संसद्मा बोल्न दिन जहिल्यै तयार छौं । तर उहाँ बोलेपछि कांग्रेसले बोल्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
शर्माले सत्तारुढ दलहरू कांग्रेसलाई बोल्न दिन पक्षमा नभएकाले संसद् अवरोध गर्न बाध्य भएको बताएका छन् । उनले भने, ‘हामीले सत्तापक्षलाई बोल्न दिन तर सत्तापक्षले प्रतिपक्षलाई बोल्न रोक लगाउने यस्तो अभ्यास पनि कहीँ हुन्छ ?’
प्रतिक्रिया दिनुहोस्