समाचार

नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि



काठमाडौँ, ३ जेठ । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको जनाएको छ । 

हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल उपलब्ध गराइरहेको एफटीटीएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाई सेवा सेवाग्राहीका लागि रुचिकर बनेको टेलिकमको भनाइ छ ।

एनटी फाइबर 
टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी ग्राहकको आवश्यकता अनुसार दैनिक रुपमा मोबाइलमा समेत डाटा उपलब्ध हुन्छ । 

आकर्षक मोबाइल डाटा
नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने मोबाइल डाटा उपलब्ध गराइरहेको जनाएको छ । ग्राहकले आवश्यकता अनुसार कम वा धेरै मूल्यको डाटा प्रयोग गर्न सक्ने गरी प्याकेज निर्धारण गरिएका टेलिकमको भनाइ छ । 

हाल कम्पनीले स्प्रिङ अफर अन्तर्गत विभिन्न दरका आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । यस अन्तर्गत अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा समेत छ । त्यसैगरी पोस्टपेड प्याक, फोरजी प्याक, डे प्याक, नाइट प्याक, स्टे कनेक्टेड प्याक, पपुलर प्याक आदि उपलब्ध छन् ।